Search This Blog

Friday, August 20, 2010

१९७ भानु जयन्ति तथा यूएई ब्यापि कविता प्रतियोगिता सम्पन्न


१९७ औ भानु जयन्तिको अवसर पारेर अनेसास यूएई च्याप्टरले गत शुक्रवार २३ तारिख २०१० का दिन अबुधावी स्थित केरला सेन्टरमा यूएई ब्यापि कविता प्रतियोगिता सम्पन्न गर् र्यो ।

यूएईका लागि नेपाली राजदूत महामहिम अर्जुन बहादुर थापाको प्रमुख आथित्यमा सम्पन्न उक्त समारोहको अध्यक्षता अनेसास यूएईका कार्यवाह अध्यक्ष षेश नारायण ॠषिशेषले गरेका थिए भने स्वागत मन्तब्य कार्यक्रम संयोजक अाजान बोहोरा चतुरेले गरेका थिए ।

उक्त साहित्यिक समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु साहित्यकार पत्रकार तथा कविता गोष्ठिमा भाग लिन आएका प्रतियोगिहरुको सहभागीता रहेको थियो ।

प्रमुख अतिथि तथा सभापतिद्धारा भानुभक्तको तस्विरमा माल्यापण गरि कार्यक्रमको उद्धघाटन गरिएको थियो ।

भानुभक्तको जिवनी र उनको बारेमा च्याप्टरका महासचिव गिरधारी रिजाले बताएका थिए भने संस्थाको परिचय तथा संस्था एकिकरण हुनुको कारण साथै एकिकरण बारे औपचारिक घोषणा अनेसास यूएईका संरक्षक खेमनाथ पौडेलले प्रस्टाएका थिए ।

यूएईमा अस्तित्वमा रहेका करिव ५ वटा साहित्यिक संस्थालाई अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा एकिकरण गराउन मुख्य भुमिका निर्वाह गर्ने जाकिर हुसैन दल विर िसंह बराईली पि।एस लिम्बु दिपक अधिकारी तथा खेमनाथ पौडेललाई अनेसास यूएई च्याप्टरले दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेको थियो ।

जाकिर हुसैनद्धारा सम्पादीत तत्कालिन नेपाली साहित्य तथा साँस्कृतिक परिषदु यूएइ द्धारा प्रकाशित अध्यारो कथा संग्रह तथा सोही परिषदद्धारा प्रकाशित साहित्यिक पत्रिका स्मारिका प्रमुख अतिथी तथा सभापतिद्धारा विमोचन गरिएको थियो । उत्त अध्यारो कथा संग्रहमा यूएईमा रहेका करिव १८ जना कविहरु कथा रहेको विमोचित कृतिको बारे मन्तव्य दिने क्रममा जाकिर हुसैनले बताए । तत्कालिन नेपाली साहित्य तथा साँस्कृतिक परिषदु यूएइले प्रकाशित गरेता पनि यो कृती अनेसास यूएई च्याप्टरलेनै प्रकाशनमा ल्याएको हुसैनले वताए ।

दोश्रो चरणको कार्यक्रममा यूएई ब्यापी कविता प्रतियोगिता भएको थियो जसमा यूएईमा छरिएर रहेका १५ जना कविहरुको कविता प्रतियोगितामा सामेल गराईएको थियो ।

कविहरु अर्जुन दाहाल बसन्तमोहन अधिकरी बसन्त थापा जिवन भानु दलाल क्षेत्री चेतन कार्की चिरन्जिवी सुवेदी दिपक राज नेम्वाङ्ग दिपक खड्का दिनेश आचार्य माधव भट्टराई माईनस प्लस संग्रौला राजेन्द्र प्रसाद न्यौपाने शालीक राम पन्थ सुजन घायाल कैलाश राई आदिले कविता प्रतियोगितामा भाग लिएका थिए भने विभिन्न कारणले कविता प्रतियोगितामा उपस्थित नभएका श्रष्टाहरुको कविता संचालकले वाचन गरेर सुनाएका थिए तर ति कविताहरु प्रतियोगितामा सामेल गराईएको थिएन ।

कविता प्रतियोगितामा किन म ढुङ्गा जन्मन सकिन भन्ने शिर्षकको कविता वाचन गर्ने माधव भट्टराई प्रथम भएका थिए भने दिपक राज नेम्वाङ्ग दोश्रो तथा दिनेश आचार्य तेश्रो भएका थिए शान्त्वना पुरस्कार अर्जुन दाहाललाई दिईएको थियो । प्रथम द्धितिय तथा तृतिय हुने कविहरुलाई क्रमश नेरु ५ हजार ३ हजार र २ हजार पुरस्कार प्रदान गरिएको थियो ।

निर्णायक मण्डलमा जाकिर हुसैन दलविर िसंह बराइली धनकुटे कान्छा रहेका थिए ।

टेक थजाली मगर गिर धारी रिजाल उमेश राई घायल लिल गुरुङ्ग दिपक अधिकारी धनकुटे कान्छा आदिले अप्रतियोगी कविता वाचन गरेका थिए ।

प्रमुख अतिथी महामहिम अर्जुन बहादुर थापाले आफ्नो मन्तब्यमा प्रवासमा साहित्यिक कार्यक्रमको प्रशंसा गर्नुका साथै नयाँ कार्य समितिलाई सफलताको शुभकामना दिनु भएको थियो भने एनआरएन एन सी सीका कोषाध्यक्ष जेपी सापकोटाले अनेसास यूएई च्याप्टरले र एनआरएनले मिलेर साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार गर्ने गरोस् त्यस्तै दिपक अधिकारीले भानुभक्तको जन्मजयन्ति विभिन्न देशहरुमा मनाउदै आएका छौ तर भानुको जन्म स्थान भग्नावेश भएको अवस्था छ त्यसैले विभिन्न साहित्यिक संस्थाहरुले सक्दो सहयोग गर्न पहल गरीयोस भनेका थिए ।

कार्यक्रम साँझ ५ बजे सुरु भई राती ९ बजे समापन भएको थियो । पहिलो चरणको कार्यक्रम संस्थाका महा सचिव गिरधारी रिजालले संचालन गरेका थिए भने दोश्रो चरणको कार्यक्रम संस्थाका प्रकाशन विभाग प्रमुख निमेश गिरीले साचालन गरेका थिए । कार्यक्रमको संयोजक अाजान बोहोरा चतुरे थिए भने कार्यक्रम व्यवस्थापन संस्थाका कोषाध्यक्ष कपिल खड्का र सचिव जिवन कोईरालाले गरेका थिए ।

No comments:

Post a Comment