Search This Blog

Friday, August 20, 2010

यूएईमा मोती जयन्तीका साथ गजल मुशायरा हुने

-विरही रिजाल अबुधाबी यूएई ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी आगामी १७ सेप्टेम्वर २०१० का दिन यूएई व्यापी गजल मुशायरा गर्दै धुमधामका साथ मोती जयन्ती मनाउने जनाएको छ ।
च्याप्टरका अध्यक्ष समदर्शी काईंला द्वारा हस्ताक्षर गरिएको सो प्रेस विज्ञप्तिमा अघि भनिएको छ नेपाली भाषा साहित्यको क्षेत्रमा गजल विधा भित्र्याउने गजलकार तथा कवि मोतीराम भट्टको ८८औं जन्मजयन्तिको अवसरमा यो कार्यक्रम गर्न लागिएको हो ।

नेपाली साहित्यले उत्तर आधुनिक मोडतिर प्रवेश गरिसकेको बताउने काईंलाका अनुसार वर्तमान अवस्थामा रंगवादी साहित्यलाई समेत गजल मुशायराले थप टेवा दिने विश्वास व्यक्त गरेका छन् । नेपाली साहित्यको डायस्पोरल इतिहासमा गजल विधा निकै चर्चित समेत बनेकाले यस्ता कार्यक्रमहरु गर्दा प्रवासमा रहेर कलम चलाउने साहित्यकारहरुका निम्ति यो अत्यन्तै महत्वपूर्ण अवसर हुने विश्वास समेत सो विज्ञप्तिमा व्यक्त गरिएको छ ।
यो रोमााचक कार्यक्रममा भाग लिन चाहने साहित्यकारहरुले आपुनो गजल यात्राको छोटो विवरण सहित आपुनो ५-५ वटा गजल प्रीति फन्ट यूनिकोड रोमन लिपी या स्क्यान गरी आगामी १० सेप्टेम्वर २०१० सम्ममा आयोजक समितिलाई उपलब्ध गराइदिन सबैसँग अनुरोध गर्दै सो विज्ञप्तिको अन्तमा भनिएको छ गजल पठाउन इच्छुक गजलकारहरुले अनेसास यूएई च्याप्टरको ई ठेगाना inlsuae@yahoo.com या inlsuae@gmail.com मा पनि आपुनो रचना पठाउन सक्नेछन् ।

No comments:

Post a Comment