
कहाँ गए सबै वाचा तिमी बिना मर्छु भन्थ्यौ
मनको यो सागरमा आँधीहुरी चल्दो रैछ
मायाको त्यो डुङ्गा चढि किनारामा तर्छु भन्थ्यौ
जून तारा लोभिंदैछन् भमरा भै चुम्न आऊ
फूलको यो जवानी हो नत्र वैली झर्छु भन्थ्यौ
सयौं जूनी तिम्रै हुँ म सुख दु:ख साथ दिन्छु
उमङ्ग र नौलो खुशी अंग अंग छर्छु भन्थ्यौ
लैला-मजनु , हिर-रांझा पुराना हुन् प्रेम कथा
त्यो भन्दा नि धेरै माया तिमीलाई गर्छु भन्थ्यौ
दलबीर सिंह बराइली 'घायल'
गुपेतेश्वर-३, रामेछाप
हाल: अबुधाबी,युएई
No comments:
Post a Comment