Search This Blog

Saturday, August 21, 2010

गजल- सजना गुरुङ

 हामीबीच सम्बन्धको एस्तो जाल बुन माया ,

नसकियोस नाप्ना अनी नसकियोस छुन माया !

बिश्बाशका दीप कतै निभ्ना गये मबाट

अन्धेरिमा ज्योति छर्नु भै तिमी जुन माया !!

प्रेम सधैं फैलियोस दुवोसरी जीबनमा

एकअर्कालाई दोस लाउदै नपरोस है रुन माया!!

तिम्रो आत्मा रहेसम्मा यो आत्मानी रहिरहोस्

जन्मो जन्मा येसैगरि पाऊ तिम्रै हुन माया !!

हामी बीच सम्बन्धको एस्तो जाल बुन माया

नसकियोस नाप्ना अनी नसकियोस छुन माया !

हाल इजरयल

No comments:

Post a Comment