Search This Blog

Saturday, August 21, 2010

म किन ढुंगो जन्मन सकिन ???

यो,
सत्य हो !!

जसरी
म जन्मन्छु
त्यसरी नै यी ढुंगाहरु जन्मेका हुन !!

कसैले मानोस् या खण्डन गरोस्
मलाई बहुलाहा नै किन नभनोस् ???

म ढुंगा जती शान्त र भद्र हुन सकिन !
म ढुंगा जती मायालु र दयावान पनि हुन सकिन !!



जन्मेर बाटोमै हुर्केको लावारीस ढुंगोलाइ म थपक्क टिपेर वर को रुखमुनी राखिदिन्छु !!

भोलिदेखि मानिसहरु देउता भन्दै पूजा गर्छन !
फुल,
माला,
अवीर,
भेटी,

गंगाजल चढाउछन !!
अनि भाकल पनि गर्छन !!

हेरौँ त ढुंगाको भाग्य चम्केको !
तर त्यो ढुंगो लाइ देउता कसले बनायो ??

खै मेरो अस्तित्व ?
खै मेरो जीवन ?

यसरी अनुतरित प्रश्नहरुसँग सम्झौता गरेर म कतिदिन बाँचुला र ?
अथवा,
के यि असम्भव प्रश्नहरु हुन ?
वा,
................यी प्रश्नहरुनै हैनन ?

हो,
यो पनि सत्य हो !
सबैलाइ आमाले नै जन्माउछिन !
म पनि स्वार्थी हुँ !
सबै स्वार्थी छन !

तर म किन ढुंगो जन्मन सकिन ?

चाहे मलाई अर्धपागल भन
या पागल घोषणा गर !!!
प्रश्नहरुको संजालमा म यसरी दिनौजसो ब्यापार भैरहेछु !
खरिद बिक्री भैरहेछु !

असर जन्मदातालाइ हुन सक्छ......

यदि म
बेबारीसे ढुंगो भएको भए...........
यूएईब्यापी कविता प्रतियोगिातामा प्रथमु हुन सफल कविता

No comments:

Post a Comment