Search This Blog

Friday, September 17, 2010

यूएईमा फेरि हुने भयो गजल मुशायरा

विरही रिजाल
सेप्टेम्बर, १५ अबुधाबी
विश्वभरि चिरपरिचित गजल यूएईमा पनि दिनदिनै फस्टाउँदै गरेको छ । नेपाली साहित्यका श्रस्टाहरूको सम्झनामा साहित्यप्रेमीहरू कहिले गीत, कहिले कविता र कहिले गजल मुशायरा गर्न एक ठाउँमा भेला हुन्छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको यूएई च्याप्टरले आगामी अक्टोबर १ तारेखका दिन गजलप्रेमीहरूका लागि "गजल मुशायरा" गर्न गइरहेको छ । संस्थाका अध्यक्ष समदर्शी काईंलाद्वारा प्रेषित विज्ञप्तिमा जनाइए अनुसार सो दिन १४५ औं मोतीजयन्तीसमेत मनाउने कार्यक्रम रहेको छ । यसअघि सो कार्यक्रम १७ सेप्टेम्बर २०१० मा गर्ने भनिए पनि विविध कारणले मिति सार्नु परेको बताएइको छ ।

मोतीराम भट्ट नेपाली साहित्यमा प्रथमपटक गजल भित्र्याउने कवि हुन् । "उनको सम्झनामा हुन गइरहेको गजल मुशायराले यूएईमा साहित्यप्रेमीहरूलाई गजलको महत्वबारे अझ प्रष्ट हुने र गजलकारहरूले आफ्ना सृजनालाई प्रस्फुटित गर्न मद्दत पुग्ने छ", बताउँछन् संस्थाका अध्यक्ष काईंला ।

No comments:

Post a Comment