Search This Blog

Saturday, August 21, 2010

अनेसास यूएई च्याप्टरका उपाध्यक्ष असिम महतको विदाई

जाकिर हुसैन
"तातो हावा चल्छ सरर"
प्रायः दुबईमा हुने सबैजसो साहित्यिक तथा साँस्कृतिक जमघटमा माथिको गीत घन्कने गरेको थियो, अब त्यो अवसर यूएईले गुमाउँदैछ -शायद बहराइनले यो गीत अबका दिनमा सुन्ने बढी मौका पाउनेछ ।

गीतका रचनाकार तथा लोकगीत गायक असिम महत यूएई छोडी जागीरको सिलसिलामा बहराइन जाँदैछन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूएईले महतलाई दुबईस्थित एभरेष्ट इन्टरनेशनल होटलमा िहजो एक कार्यक्रम गरी सम्मान गर्दै बिदाइ गर्‍यो ।

"चिट्ठी चपेटा" र "तातो हावा चल्छ सरर" जस्ता लोकगीत एलबम बजारमा ल्याई निकै लोकप्रिय बनेका कलाकार तथा साहित्यकार महत यूएईबाट जाँदाजाँदै आफ्नो गजल संग्रह अनेसास यूएई च्याप्टरद्वारा प्रकाशन गराउने धोकोको चर्चा गर्दै आफू यस समाजमा लागेर राष्ट्रिय स्तरमा स्थापित भएको बताए । महतले बहराइन पुगी अनेसासको च्याप्टर खोल्न पहल गर्नेसमेत बताए ।

२००६ मा यूएई प्रवेश गरेका महत गीत, गजल, कथा र खास गरी लोक गीतको क्षेत्रमा कलम चलाउँदै आएका छन् । यूएईका स्टेजहरूमा कैयौ साँस्कृतिक कार्यक्रम संचालन गरेका महत अनेसास यूएई च्याप्टरका उपाध्यक्ष हुन् ।

"झर्‍यौ साइँलो" गीती एलबमको तयारीमा रहेका महत उक्त एलबमको एउटा गीत गाएर नै कम्पनीमा प्रोमोशन भएको सुनाएर उनलाई बिदाई गर्न आएका साहित्यानुरागी तथा नेपाली कलानुगारीहरूलाई भावूक बनाएका थिए ।



"जान त जाऊ, हामी सबैलाई छोडेर जाऊगीत, संगीत, कला, सँस्कृतिलाई गोडेर जाऊ

खासै दिन त हामीले केही पनि सकेनौएउटा प्रमाणपत्र लिई, दोसल्ला ओडेर जाऊ"



उनै गजलकार तथा गीतकार असिम महतलाई कवि तथा अनेसास यूएई च्याप्टरका अध्यक्ष समदर्शी काइँलाले दोसल्ला ओढाएर सम्मान गर्न भ्याएको थिएन जुरुक्के उठे गजलकार अंजान बोहरा "चतुरे" त भट्याउन थाले माथिका शेरहरू । त्यसैले तत्कालै ठट्यौली गरे समदर्शी काइँलाले "आँसु गजलकार" ।



कार्यक्रममा असिम महत खूवै भावूक भएर यूएई बस्दाका अनुभवहरू साटे सवैसित र धेरैको प्रशंसा पनि गरे । बरु,अनेसासको मुक्त मण्ठले प्रशंसा गरे यिनले । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ यूएई च्याप्टरका अध्यक्ष शंकर ज्ञवाली, अनेसास यूएई च्याप्टरका संरक्षक खेमनाथ पौडेल र सोही च्याप्टरका सल्लाहकार जाकिर हुसैनले श्री महतले यूएईलाई दिएको देनबारे चर्चा गरे । कार्यक्रम च्याप्टरका अध्यक्ष समदर्शी काइँलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।



No comments:

Post a Comment