Search This Blog

Friday, September 17, 2010

यूएईमा फेरि हुने भयो गजल मुशायरा

विरही रिजाल
सेप्टेम्बर, १५ अबुधाबी
विश्वभरि चिरपरिचित गजल यूएईमा पनि दिनदिनै फस्टाउँदै गरेको छ । नेपाली साहित्यका श्रस्टाहरूको सम्झनामा साहित्यप्रेमीहरू कहिले गीत, कहिले कविता र कहिले गजल मुशायरा गर्न एक ठाउँमा भेला हुन्छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको यूएई च्याप्टरले आगामी अक्टोबर १ तारेखका दिन गजलप्रेमीहरूका लागि "गजल मुशायरा" गर्न गइरहेको छ । संस्थाका अध्यक्ष समदर्शी काईंलाद्वारा प्रेषित विज्ञप्तिमा जनाइए अनुसार सो दिन १४५ औं मोतीजयन्तीसमेत मनाउने कार्यक्रम रहेको छ । यसअघि सो कार्यक्रम १७ सेप्टेम्बर २०१० मा गर्ने भनिए पनि विविध कारणले मिति सार्नु परेको बताएइको छ ।

मोतीराम भट्ट नेपाली साहित्यमा प्रथमपटक गजल भित्र्याउने कवि हुन् । "उनको सम्झनामा हुन गइरहेको गजल मुशायराले यूएईमा साहित्यप्रेमीहरूलाई गजलको महत्वबारे अझ प्रष्ट हुने र गजलकारहरूले आफ्ना सृजनालाई प्रस्फुटित गर्न मद्दत पुग्ने छ", बताउँछन् संस्थाका अध्यक्ष काईंला ।

Tuesday, August 24, 2010

गजल - धेरै फुट्यौं भो अब मिल्न सिकाई देऊ

धेरै फुट्यौं भो अब मिल्न सिकाई देऊ
मातृभूमीको लागि बुद्धी खियाई देऊ

रुन्छ हिमाल एक्लै गाउँ तराई फुट्दा
मेची कालिको फाटो आजै सिलाई देऊ

धेरै रगत बग्यो कस्ले जित्यो र युद्ध
शान्ती फैलाई यहाँ सबै जिताई देऊ

धर्म संस्कृति भाषा सयौं थरी छौं फूल
मिठो सुवास सँधै सँधै फिंजाई देऊ

हुन्न फाटेर अब जुटौं बिकास गर्न
भोली सम्पन्न हुने बाटो चिनाई देऊ

दलबीर सिंह बाराइली 'घायल'
गुप्तेश्वर-३, रामेछाप
हाल:अबुधबी, युएई

Monday, August 23, 2010

गजल-आधी रात रुँदै काट्छु

आधी रात रुँदै काट्छु आधी मुर्छा पर्छु भन्थ्य
कहाँ गए सबै वाचा तिमी बिना मर्छु भन्थ्यौ

मनको यो सागरमा आँधीहुरी चल्दो रैछ
मायाको त्यो डुङ्गा चढि किनारामा तर्छु भन्थ्यौ

जून तारा लोभिंदैछन् भमरा भै चुम्न आऊ
फूलको यो जवानी हो नत्र वैली झर्छु भन्थ्यौ


सयौं जूनी तिम्रै हुँ म सुख दु:ख साथ दिन्छु
उमङ्ग र नौलो खुशी अंग अंग छर्छु भन्थ्यौ


लैला-मजनु , हिर-रांझा पुराना हुन् प्रेम कथा
त्यो भन्दा नि धेरै माया तिमीलाई गर्छु भन्थ्यौ


दलबीर सिंह बराइली 'घायल'
गुपेतेश्वर-३, रामेछाप
हाल: अबुधाबी,युएई



गज़ल=!=!=!=यो मुटुमा कस्तो रोग सारेर गयौ नि

यो मुटुमा कस्तो रोग सारेर गयौ नि
वल्लो घाट् न पल्लो तिर पारेर गयौ नि

मुर्छा पर्दै आँशु झारी रोएँ म बेस्सरी
आउँछु म चाँडै भनि टारेर गयौ नि


तड्पिएर बाँच्नु पर्ने कस्तो हो सिमाना
समयको लामो बार बारेर गयौ नि

फूल जस्तो यो जवानी सुम्पिएँ के भो र ?
सम्पतिको लागि माया मारेर गयौ नि

कस्तो खुशी पाउँछौ र मलाइ रुवाइ
मेरो खुशी जुवामा झैं हारेर गयौ नि


दलबीर सिंह बराइल...

Saturday, August 21, 2010

गजल- सजना गुरुङ

 हामीबीच सम्बन्धको एस्तो जाल बुन माया ,

नसकियोस नाप्ना अनी नसकियोस छुन माया !

बिश्बाशका दीप कतै निभ्ना गये मबाट

अन्धेरिमा ज्योति छर्नु भै तिमी जुन माया !!

म किन ढुंगो जन्मन सकिन ???

यो,
सत्य हो !!

जसरी
म जन्मन्छु
त्यसरी नै यी ढुंगाहरु जन्मेका हुन !!

कसैले मानोस् या खण्डन गरोस्
मलाई बहुलाहा नै किन नभनोस् ???

म ढुंगा जती शान्त र भद्र हुन सकिन !
म ढुंगा जती मायालु र दयावान पनि हुन सकिन !!

अनेसास यूएई च्याप्टरका उपाध्यक्ष असिम महतको विदाई

जाकिर हुसैन
"तातो हावा चल्छ सरर"
प्रायः दुबईमा हुने सबैजसो साहित्यिक तथा साँस्कृतिक जमघटमा माथिको गीत घन्कने गरेको थियो, अब त्यो अवसर यूएईले गुमाउँदैछ -शायद बहराइनले यो गीत अबका दिनमा सुन्ने बढी मौका पाउनेछ ।

गीतका रचनाकार तथा लोकगीत गायक असिम महत यूएई छोडी जागीरको सिलसिलामा बहराइन जाँदैछन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूएईले महतलाई दुबईस्थित एभरेष्ट इन्टरनेशनल होटलमा िहजो एक कार्यक्रम गरी सम्मान गर्दै बिदाइ गर्‍यो ।

Friday, August 20, 2010

यूएईमा मोती जयन्तीका साथ गजल मुशायरा हुने

-विरही रिजाल अबुधाबी यूएई ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले एक प्रेस विज्ञप्ति प्रकाशित गरी आगामी १७ सेप्टेम्वर २०१० का दिन यूएई व्यापी गजल मुशायरा गर्दै धुमधामका साथ मोती जयन्ती मनाउने जनाएको छ ।
च्याप्टरका अध्यक्ष समदर्शी काईंला द्वारा हस्ताक्षर गरिएको सो प्रेस विज्ञप्तिमा अघि भनिएको छ नेपाली भाषा साहित्यको क्षेत्रमा गजल विधा भित्र्याउने गजलकार तथा कवि मोतीराम भट्टको ८८औं जन्मजयन्तिको अवसरमा यो कार्यक्रम गर्न लागिएको हो ।

१९७ भानु जयन्ति तथा यूएई ब्यापि कविता प्रतियोगिता सम्पन्न


१९७ औ भानु जयन्तिको अवसर पारेर अनेसास यूएई च्याप्टरले गत शुक्रवार २३ तारिख २०१० का दिन अबुधावी स्थित केरला सेन्टरमा यूएई ब्यापि कविता प्रतियोगिता सम्पन्न गर् र्यो ।